८२ वर्षीय गायक प्रेमध्वज प्रधानको निधन

होमल्याण्ड खबर

२०७८ बैशाख २३ गते, बिहीबार १५:१७ मा प्रकाशित

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको आज बिहीबार निधन भएको छ ।

छातीमा समस्या देखिएपछि उनलाई आजै बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ । प्रधानको शवलाई आजै दाहसंस्कार गर्ने तयारी भैरहेको छ ।