मध्यरातिबाट बन्द भयो अन्तर्राष्ट्रिय उडान

होमल्याण्ड खबर

२०७८ बैशाख २४ गते, शुक्रबार ०८:२३ मा प्रकाशित

कोरोना संक्रमणको महामारीबीच नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । विहीबार मध्यरातिदेखि चार्टर्ड तथा उद्धार उडानबाहेक अन्य अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको हो ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच ‘एयर बबल’ सम्झौता अनुरुप दुई देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।