६ जेष्ठ २०८३, बुधबार
संसद सचिवालयमा तीन दिन गरेको स्वाब संकलनमा ६५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरिएका ६१३ जनामध्ये १४ जना सांसदसहित संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मी गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
आगामी वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदको विशेष अधिवेशन आह्वान भएपछि स्वाब संकलन गरिएको थियो । वैशाख २२ गते ६०९ जना, २३ गते ५२५ जना र २४ गते करिब सय जनाको स्वाब संकलन गरिएको थियो ।


स्वाब दिएकामध्ये केहीको रिपोर्ट आउनै बाँकी रहेको संसद सचिवालयले जनाएको छ ।