२४ घण्टामा थप ९ हजार १९६ जना संक्रमित थपिए, ५० जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ बैशाख २४ गते, शुक्रबार १७:२७ मा प्रकाशित

पछिल्लो २४ घण्टामा शुक्रबार थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर १९ हजार १८७ जनाको आरटी–पीसीआर गर्दा ९ हजार २३ जना र ४९५ जनाको एन्टिजेट परीक्षण गर्दा १७३ जना गरी कुल ९१९६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ७७ हजार ६०३ जना पुगेको छ ।