नेपालमा थप १३९ कोरोना संक्रमितको मृत्यु

होमल्याण्ड खबर

२०७८ बैशाख २७ गते, सोमबार १९:४४ मा प्रकाशित

नेपालमा थप १३९ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १३९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा.जागेश्वर गौतमले जानकारी दिए ।

सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारमासहित सो संख्यामा मृतक थपिएको उनले बताए ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको मन्त्रालयले जनाएको छ ।