भिमसेनथापा गाउँपालिका वडा नंं २ मा अस्थाई आइशोलेशन निमार्ण कार्य सम्पन्न

होमल्याण्ड खबर

२०७८ बैशाख २८ गते, मंगलवार २०:१२ मा प्रकाशित

नेपालमा हालसम्म कोरोना माहामारि को दोश्रो लहर उच्च तबरले बढी रहदा उपचारको लागि भिमसेनथापा गाउँपालिका वाड नं २ मा अस्थाई आइशोलेशन आफै निमार्ण गरिएको वडा अध्यक्ष नारायण भट्टराईले बताउनु भयो । स्थानिय सरकार ले जनता लाई कोरोना बाट बचाउन लाई कुनै पनि कसर बाँकी नराखिने भट्टराई ले जानाकारी दिनुभयो ।
देशभर मंगलवार गरिएको २० हजार ५९६ पिसिआर र ७२० एन्टीजेन परिक्षणका क्रममा थप ९ हजार चार सय ८३ जनामा कोरोना पुष्टि भएको अवस्थामा गाँउमा पनि भयवह अवस्था आउन नदिन आफु हरु निरन्तर काममा रहेको भट्टराईले बताए । उहाँ ले जनता लाई केही समस्य परेका सिघै सम्र्पक का आउन पनि आग्रह गर्नुभएको छ ।
उहाले कोरोना संक्रमित बिरामीहरुको घर घरमा गयर स्वास्थ्य परिक्षण गर्दै हाल सम्म सबै जनाको अबस्था सामान्य रहेको जानाकारी दिए ।
उक्त आइशोलेशन निमार्णमा वडा नं. २ का देश तथा बिदेशमा रहनुहुने वडाबासी, सिद्धकाली टोल बिकास संस्था र भिमसेन सरोकार समाज को सहकार्यमा निर्माण सम्पन्न भएको बताए ।
हाल निर्मित आइशोलेशनमा ५० जना बिरामी क्षमता रहेको अध्यक्षले जानाकारी दिनुभयो ।