आइसोलेशन केन्द्र संचालन गर्न उपप्रधानमन्त्री पोखरेलको ‘अन द स्पट एक्शन’

होमल्याण्ड खबर

२०७८ बैशाख २९ गते, बुधबार १५:१० मा प्रकाशित

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको बसुन्धारामा संचालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षणमा अन द स्पट एक्शन गरेका छन् । राधास्वामी केन्द्रले उपलब्ध गराएको भवन निरीक्षणमा नै तत्काल काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डा. शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेशन केन्द्र संचालन गर्ने प्रबन्ध मिलाउन उनले निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलको “अन द स्पट एक्शन ” निर्देशनपछि यसै साताबाट नेपाली सेनाले आइसोलेशन केन्द्र संचालनमा ल्याउने तयारी गर्ने निर्णय गरेको छ । यस राधास्वामी आइसोलेशन केन्द्रमा  ८८ शैयाको अक्सिजन थेरापी सुविधासहित संचालन हुन लागेको छ । आवश्यकता अनुसार २ सय बेडसम्म संचालन गर्ने तयारी गरिएको छ ।