गोल्डेन पिक नेपाल द्धरा स्वास्थ्य सामाग्री वितरण

होमल्याण्ड खबर

२०७८ बैशाख ३० गते, बिहीबार १४:०७ मा प्रकाशित

कोभिड १९ कोरोना भाइरस को दोश्रो लहर यति बेला बिश्व का सबै देश मा फैलिरहेको छ । पछिल्लो समय यो भाइरस नेपाल को सबै जिल्ला मा संक्रमण बढ्दो रुपमा छ । यो सङै गोरखा जिल्ला मा पनि दिनानुदिन बढी रहेको छ।

भिमसेन थापा गाउपालिका को पहिलो सामाजिक सस्था गोल्डेन पिक नेपाल ले कोरोना नियन्त्रण तथा रोकथाम का लागि भिमसेन थापा वडा २ र त्यहा भित्र रहेका विभिन्न १० वटा टोल सुधार समिती लाई स्वास्थ्य सामाग्री माक्स,डिटोल,साबुन,सेनेटाइजर लगाएत औषधिहरु हस्तान्तरण गरेको छ। आफ्नो वडा भित्र का सम्पुर्ण नागरिक लाई सुरक्षित राख्नु आफू हरुको दायित्व रहेको उक्त सस्था का सचिब कृष्ण भट्ट्ले जानाकारी दिनु भयो।

वडा बासी हरु सबै को घर मा पुगोस भनी आफू हरुले वडा सँग समन्वय गरि सबै टोल सुधार समिति मार्फत घर घर मा स्वास्थ्य सामाग्री पुर्याउन लागिएको अध्यक्ष सुजन बाबू भट्ट ले बताउनु भयो। कोरोना महामारी सँग जुध्न को लागि स्थानीय सरकार ले मात्र नभइ विभिन्न सामाजिक सस्था र वडा बासी हरुले सहयोग गर्नु भएको उक्त वडाका वडा अध्यक्ष नारायण प्रसाद भट्टराई ले उक्त कार्यक्रम मा जानकारी दिनु भयो।

हाल सम्म गोरखामा सक्रिय संक्रमीत को संख्या ५५४ रहेको छ भने ८ जनाको मृत्यु समेत भैसकेको छ । सबै भन्दा धेरै भिमसेन थापा गाउपालिका मा १४७ जना सक्रमित रहेका छन् ।