९ मंसिर २०८१, आईतवार
रुस विश्वकप अन्तर्गत ब्राजिल क्वाटरफाइनमा प्रवेश गरेको छ । सामारा रंगशालामा भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २-० गोलको अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
पहिलो हाफ बराबरीमा सकिएपनि दोश्रो हाफमा फर्ममा आएको ब्राजिलले खेलको ५१ मिनेटमा सुन्दर गोल गरेको थियो ।
निकै आक्रमक देखिएको ब्राजिलले दोश्रो हाफमा मेक्सिकोमाथि दबाब बनाएको ब्राजिलका स्ट्राइकर नेयमारले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८८ औं मिनेटमा नेयमारको पासमा फिर्मिनोले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
कोटिन्होलाई स्थानान्तरण गरेका फिर्मिनो गोल नै निर्णायक सावित हुन पुग्यो । यद्यपी, मेक्सिकोको खेललाई प्रशंसा योग्य मानिएको थियो ।