थप ८९६० मा कोरोनाभाइरस संक्रमण पुष्टि २१४ जनाको मृत्यु
होमल्याण्ड खबर
२०७८ बैशाख ३० गते, बिहीबार १७:५८ मा प्रकाशित
पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो ।