सांसदलाई दोस्रो डोज खोप आजबाट (सचिवालयको सूचनासहित)

होमल्याण्ड खबर

२०७८ बैशाख ३१ गते, शुक्रबार ०९:२३ मा प्रकाशित

संघीय संसदसँग सम्वन्धित पहिलो डोज खोप लगाएका सबैलाई आजबाट दोस्रो डोज खोप दिंइदै छ ।

प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष सहित दुबै सदनका सांसदहरुलाई आजबाट कोभिडबिरुद्धको दोस्रो डोज खोप लगाउन लागिएको हो ।

पहिलो डोज खोप लगाएको आठ हप्ता पुगेका उनीहरुलाई आजबाट आइतबारसम्म दोस्रो डोज खोप लगाइने संसद सचिवालयले जनाएको छ । तीन दिन नै नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्हानेत्से हलमा खोप कार्यक्रमको व्यवस्था गरेको सचिवालयको सूचनामा उल्लेख छ ।

सांसदहरुले खोप लगाउँदा सचिवालयका कर्मचारी, सहयोगी सवारी चालक, संदीय पत्रकार लगायतले पनि दोस्रो डोज खोप लगाउनेछन् ।

फागुन २३ अगावै पहिलो चरणको कोभिसिल्ड खोप लगाएको र यो संख्या १ हजार ४५० बढी नभएकोले उनीहरुका लागि मौज्दात खोप लगाउँन लागेको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा झलक गौतमले जानकारी दिए ।उनले २३ फागुन पछि समुदायस्तरमा चलाइएको ६५ बर्ष माथिकालाई दोस्रो डोज दिने कार्यक्रम भने थप खोप आएपछि मात्रै सम्भव हुने बताए ।

दोस्रो डोज लिन बाँकी ६५ बर्ष माथिकाको समूह करिब १० लाख रहेको डा. गौतमले बताए । हेर्नुस सचिवालयको सूचना