गाेरखाकाे भिमसेन थापा गाँउपालिकामा गणेश मन्दिर उद्घाटन कार्यक्रम सम्पन्न

होमल्याण्ड खबर

२०७८ बैशाख ३१ गते, शुक्रबार १३:३० मा प्रकाशित

गाेरखा: गोरखा जिल्लाको भिमशेन थापा गाउँपालिका वडा नं ३ सिमल चौरमा निमार्ण गरिएको गणेश मन्दिर गत शनिवार उद्घाटन गरिएको हो । शनिबार एक कार्यक्रम बिच गणेश मन्दिर निमार्ण समितिका जेष्ठ सदस्यहरुबाट सो मन्दिर उदेघाटन गरिएको हो ।

आर्थिक वर्ष ७७।७८ मा वडा कार्यलय र स्थानिय तथा गैरआवसिय नेपालि संघ का सदस्य बैकुण्ठ खनाल स्थानिय बासीन्दा र अमेरिकामा बसोबास गर्ने गौर आवसिय नेपालि संघ का सदस्यहरुको सहयोगमा निमार्ण सम्पन्न गरिएको थियो । यस मन्दिर निमार्णका लागि वडा कार्यलयबाट २ लाख रकम सहयोग गरिएको थियो भने अन्य रकम स्थानिय र अमेरिकामा बसोबास गर्ने गैरआवसिय नेपालि संघ का सदस्यहरुको सहयोगमा निमार्ण सम्पन्न गरिएको होे । यस मन्दिर निमार्णका लागि करिब ४ लाख ५० हजार रकम खर्च भएको निमार्ण समितिले जनाएको छ ।

लामो समय देखि अमेरिकामा बस्दै आएका गौरआवसिय नेपालि संघ का सदस्य बैकुण्ठ खनालले देश प्रतिको प्रेमका कारण यस किसिमको समाजिक कार्यमा संगलगन रहेको बताउनुभयो । गाउँ ठाउँ विकास गर्ने उदेश्यले यस मन्दिर निमार्ण गरिएको गणेश मन्दिर निमार्ण समितिका सचिव बलराम खनालले बताउनुभयो ।

मन्दिर निमार्ण गर्न अनेक किसिमका बाध अर्चन सिर्जना हुने अनुमान गरिएको तर गणेश भगवानको कृपाले मन्दिर निमार्ण गर्न सहज भएको गणेश मन्दिर निमार्ण समितिका अध्यक्ष तेज प्रसाद खनालको भनाई छ ।

यस्तै मन्दिर निमार्ण गर्न सहयोग पुर्याउने मन्दिरका ठेकदार कृष्ण खनालले आफ्नो घरमा बनेको मन्दिर जस्तै सोचेर महेनतका साथ मनिदर निमार्ण गरेको बताउनुभयो ।
स्थानियहरु यस स्थानमा मन्दिर निमार्ण भए पछि स्थानिहरु हर्षित भएका छन् ।