पछिल्लो २४ घण्टामा ८५२० जनामा कोरोना पुष्टि,२०३ जनाकाे मृत्यु

होमल्याण्ड खबर

२०७८ बैशाख ३१ गते, शुक्रबार १८:१२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर नेपालमा आठ हजार  ५२०  जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा २० हजार ९४८  जनाको पीसीआर विधि र ५३०

जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार ५२९   जना संक्रमित पुष्टि भएका हुन्। पिसिआर विधिबाट आठ हजार ४६७ र एन्टीजेन विधिबाट ५३ संक्रमित पुष्टि भएका छन्।

२४ घण्टामा २०३ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार ६६९ जनाको मृत्यु भएको छ।
यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख ७ ३३६ हजार पुगेको छ।  ५१६ जना व्यक्ति क्वारेन्टाइनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ६  हजार १३५ जना व्यक्ति निको भएका छन्।