सत्य र धर्म

होमल्याण्ड खबर

२०७८ जेष्ठ १ गते, शनिबार १२:१० मा प्रकाशित

धर्म के हो???

धर्म र संस्कार आफैमा एउटा यस्तो शक्तिशाली चिज हो जुन न कसैले अन्तय गर्न सक्छ वा नास गर्न सम्भाव नै छ !धर्मको दुरुपयोग गर्नु भनेको आफैंले आफैंलाई सत्यानास गर्नु हो!धर्मको अपमान भनेको सिंगो धर्मको अन्तय गर्नु हो!!कुनै पनि धर्मको संस्कार कहिल्यै गलत हुँदै हुँदैन् । अरु प्रतिको लोभ लालच, कुदृष्टिले लाभ हुन्छ भन्ने कुनै पनि धर्मशास्त्रमा लेखिएको पाइदैन यो सबले कसैको पनि भलो नभइ यस्ले अन्तिममा खाडलमा पुर्‍याउने काम गर्छ।
जव विश्वमा संपूर्ण धर्महरूको सम्मेलन हुँदै थियो तव त्यहाँ गीता शास्त्रलाई अपमान गर्ने उदेश्यले गीता शास्त्रलाई सबै शास्त्रको तल राखियो । सभामा हिन्दु धर्मलाई हाँसोमा उडाउदै भन्न थालियो कि तपाईको गीता आउट(मिति सकिएको)भयो सबै भन्दा माथि आफ्नो शास्त्र राखिएको ब्यक्ति खुसिले गदगद हुँदै भने !!                           कस्तो अचम्म तर त्यहाँ कुनै हंगामा भएन,नत कुनै लडाइ झगडा शुरू भयो तर ती ब्यक्ति मुस्कुराइ रहे जस्को शास्त्र सबै शास्त्र भन्दा मुनि राखिएको थियोे ! उनलाई त्यो वातावरणले केही असर गरेन !अध्यात्म सबै धर्म भन्दा माथि छ। उनि केवल मुस्कुराइ रहे शान्तिको सट्टामा तनाव र क्रोध,सुखको सट्टामा दुख रआनन्दको सट्टामा उदास वा ईष्याको भावना आउनु नै परधर्म हो भन्ने बुझेका हिन्दु धर्मका एक ब्यक्ति मुस्कुराउदै भन्नुहुन्छ ।यहाँहररूले गीतालाई जुन सम्मान गर्नु भयो, त्यसको लागि म कसरी धन्यावाद दिउँ र त्यस्को सट्टामा के उपहार दिउ हजुरहरुलाई दिनको लागि यो विश्वमै त्यस्तो उपहार पाउन सम्भव छैन् ।मानिसहरू हाँस्न लागे ।यो ब्यक्तिलाई यति थाहा छैन होला हामीले सम्मान गर्यौं वा अपमान गर्यौं सबै अचम्म परे तव उहाँ विस्तारै अघि बढ्दै तलबाट गीता शास्त्र तान्नुभयो र उहाँले गीताको शास्त्र तान्ने बित्तिकै अन्य सबै शास्त्र ढले।अनि उहाँले भन्नुभयो हजुरहरूले त गीता शास्त्रलाई आधार (जग) बनाइदिनु भयो। आज संसारमा गीता शास्त्र हुँदैन्थ्यो भने कुनै धर्म,कुनै शास्त्र टिक्न सक्दैनथे भन्दै उहाँ बोल्नु भयो।सबै को नजर एक अर्कामा पुग्यो र त्यहाँको सबै परिस्थिति बदलियो त्यहाँ बसेका सबै मानिसको मनोवृत्ति बदलियो र सभाले नयाँ रूप लियो!!सबै एक आपसमा कानेखुसी गर्ने थाले आजसम्म हामीले धर्मको बारेमा के बुझेको रहेछौं ??कुनै पनि धर्मको अपमान भनेको आफ्नो र सिंगो धर्मको सत्यानास गर्नु रहेछ भन्दै सभामा हिन्दु धर्मलाई हाँसोमा उडाइरहेका ब्यक्तिहरू अत्यन्त लजित हुँदै क्षमा माग्दै भने कुनै पनि धर्मले कहिले पनि खराब संस्कार सिकाउदै गल्ती त हामी सिक्ने क्रममा गर्दा रहेछौं भन्दै एक आपसमा अंकमाल सभाबाट बाहिरए!!

धैर्य र सहनसिललता जो कसैमा हुँदैन । सहनसिलता मानिसको सबैभन्दा ठूलो सम्पति हो सत्य‍को जित अन्तमा छ तर असत्यक‍ो जित क्षण भरमै हुन सक्छ तर जस्को अन्तय नै छैन! (हामीले भन्ने गर्छौ नि जस्ले गर्छ पाप उसको फलिफाप) यो क्षणिक आन्नद हो! अनि (जसले गर्छ धर्म उस्को फुट्छ कर्म)यो अन्तयमा आउने अान्नद हो।जुन कुनै पनि धर्म आफैमा शक्तिशाली छ जसलाई कसैले छिन भरमै अन्तय गर्न सक्दैन! धर्मको दुरुपयोग गर्नु पाप मात्र होइन महा पाप हो!! कुनै पनि धर्मले असल ब्यक्तिको चरित्र माथि औंला उठाउन सक्दैन !खराब त त्यहीँ ठहरिन्छ जस्मा घमण्ड छ अहिमता छ!जस्ले आफ्नो आत्मालाई ठगिएको हुन्छ। आफू  गलत हुँदा हुँदै असल ब्यक्तिलाई गलत साबित गर्ने चेस्टा गरिरहेको हुन्छ।। त्यो नै अधर्म हो ,पाप हो त्यस्को मुल्यांकन अन्तमा अवस्य हुने छ….!