हिमालयन बैंकले २५ प्रतिशत बोनस सेयर दिने

होमल्याण्ड खबर

२०७४ कार्तिक १६ गते, बिहीबार ०६:११ मा प्रकाशित

५ कात्तिक, काठमाडौं । हिमालयन बैंकले २५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको मंगलवार साँझ बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस सेयर सहित कर प्रयोजनको लागि नगद लाभांश पनि दिने भएको छ ।

बैंकको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी रहेको छ । हाल ६ अर्ब ४९ करोड चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि यो पूँजी ८ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।