थप ८ हजार १७३ जनामा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७८ जेष्ठ ५ गते, बुधबार १७:१४ मा प्रकाशित

पछिल्ला २४ घण्टामा नेपालमा थप ८ हजार १७३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी गराएका हुन् । संक्रमणबाट यसै अवधिमा थप २४६ जनाको निधन भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा एक हजार ९८८ गरी उपत्यकामा जम्मा २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए ।