१० मंसिर २०८१, सोमबार
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो जाने क्रम अझै रोकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका ६ को टोपेखोलामा पहिरो खस्दा आज पनि सडक अवरुद्ध भएको छ ।
चार किलो र पाँच किलोबीचको टोपेखोलामा ठूलो पहिरो खसेको छ । आज विहान करिब सवा पाँच बजे पहिरो खसेको प्रहरीको अनुमान रहेको छ । पचास मिटरभन्दा लामो पहिरो खसेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
अझै पहिरो खस्ने क्रम जारी रहेको छ । तत्कालै पहिरो हटाउन सम्भव नदिएको बताइएको छ । यद्धपि पहिरो हटाउने प्रयास भइरहेको प्रहरीको भनाई रहेको छ । सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारी रोकिएका छन् । सो क्षेत्रमा केही दिनदेखि लगातार जस्तो पहिरो गएको छ ।