होमल्याण्ड खबर
२०७८ जेष्ठ ६ गते, बिहीबार १७:३१ मा प्रकाशित
आज देशभर थप ८ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ६९५ जना पीसीआर र ३९२ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ३०५ जनामा पोजेटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ६५४३ जना संक्रमित कोरोना मुक्त भएका छन् भने १९० संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख १५ हजार ८५२ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९२ हजार ४९९ पुगेको छ भने ३ लाख ६६ हजार ९४६ निको भएका छन् भने ५८ सय ४७ संक्रमितको मृत्यु भएको छ ।