८ मंसिर २०८१, शनिबार
१३ वर्षपछि पहिलो पटक गणना गरिएको लघुवित्त समूहको परिसूचक पहिलो दिन करिब १३ अंकले घटेको छ ।
एक हजार आठ सय ४५ दशमलव ४५ अंकबाट मापन सुरु भएको लघुवित्त १२.९२ अंकले घटेको हो । ३३ वटा कम्पनी सूचीकृत लघुवित्त कम्पनीको समूहमा वमी, नेशनल माइक्रोफाइनान्स, मिथिला लघुवित्त कम्पनीको सेयर मूल्य घटेपछि यो सूचक पनि घटेको हो ।
बिकास बैंक समूहको परिसूचक पनि सोही दरमा घटेको छ । यो समूहको परिसूचक १३.४१ अंकले घटेको हो । भागर्व, सहयोगी, कन्काई, काबेली लगायतको सेयर मूल्य उच्चले घटेपछि यो समूहमा वृद्धि हुन सकेन । लघुवित्त अलग्याइएपछि यो समूहमा अब ३८ कम्पनी रहेका छन् ।
नेप्से परिसूचक भने ७.०२ अंकले घटेर १५२६ विन्दुमा आइपुगेको छ । यसदिन ४२ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । उत्पादन र ‘अन्य’ बाहेक अन्य सबै समूहको परिसूचक यसदिन घटेको छ ।
हकप्रद र बोनसको अपेक्षामा बढ्दै आएको बजार हाल लाभांश घोषणाको क्रम चलिरहेपनि बढ्न सकेको छैन् । चुक्ता पूँजी वृद्धिको कारण बाध्यात्मक रुपमा लाभांश दिइरहेका कम्पनीहरुले आगामी वर्षदेखि के हुने हो भन्ने दुविधामा लगानीकर्ताहरु रहेपछि पनि बजार बढ्न नसकिरहेको मानिएको छ ।
कतिपय बैंकहरुले कर्जाको नयाँ व्याजदर प्रकासित गरिरहेका छन् । केहीको यो दर घटेपनि धेरैको आधार दर १० प्रतिशत कै हाराहारीमा रहेको छ । सस्तो दरमा सेयर धितोमा कर्जा अझै पाउन समस्या देखिएपछि बजारमा खासै वृद्धि नदेखिएको हो ।