थप ६७१४ जनामा कोरोना पुष्टि,१४५ जनाकाे मृत्यु

होमल्याण्ड खबर

२०७८ जेष्ठ १२ गते, बुधबार १६:४३ मा प्रकाशित

थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय १४ जनामा कोरोना पुष्टि भएको हो ।

१९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् ।