ने.वि.संघ स्याङ्जा काठमाण्डौं सम्पर्क समितिद्वारा स्वास्थ्य सामाग्री वितरण

होमल्याण्ड खबर

२०७८ जेष्ठ १६ गते, आईतवार ११:०६ मा प्रकाशित

ने.वि.संघ स्याङ्जा काठमाण्डौं सम्पर्क समितिद्वारा मास्क, सेनिटाईजर र अक्सिमिटर वितरण गरिएको छ । गह्रौ प्राथमिक केन्द्र, वालिङ् , भिरकोट नगर अस्पताल, गल्याङ नगर अस्पताल, वडा प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी, वालिङ मोड प्रहरी बिट, गल्याङ प्रहरी बिट, बाँयटारी प्रहरी बिट, रामबाच्छा प्रहरी बिट, कृषि बयरघारी प्रहरी बिट लगायत लाई ४,५०० मास्क, ६० लि. सेनिटाईजर र २० थान अक्सिमिटर वितरण गरेको छ ।

गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पर्क समितिले कोभिड-१९ संक्रमणमा विशेष गरी अग्रपंक्तिमा रहेर काम गर्नु हुने प्रहरी, ट्राफिक, सशस्त्र बल र अस्पताल लाई थोरै भएपनि सहयोग गर्न पाउँदा अत्यन्तै खुशि लागेको समिति का सभापति ई. दिपेन्द्र क्षेत्री ले बताउनुभयो ।

वितरण गर्ने क्रममा समिति का उप-सभापति सरोज पौडेल ले चाँडै नै अत्यावश्यक र कोभिड संक्रमण धेरै भएको ठाउँ मा वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो।

उक्त कार्यक्रममा युवा समाजसेवी विनोद ग्रैहे, त्रिनेन्त्र क्लब, सुर्कौदीं का अध्यक्ष, तरूण नेता विशाल पंगेनी, क्ल्ब कै महासचिव विश्वास पंगेनी र युवा व्यवसायी रमेश भुसालको उपस्थिति रहेको थियो ।

स्वास्थ्य सामाग्री हरू उपलब्ध गराईदिन सहयोग गर्नुहुने LOD क्ल्ब का संचालक द्दय यूवा समाजसेवी हरू भुपेन्द्र जंग कुवंर र रूदिप श्रेष्ठ, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समाजसेवि धिरेन विक्रम मोक्तान, युवा व्यवसायी कृष्ण राजन पंगेनी, नेपाली कांग्रेस उघोग विभाग केन्द्रीय सदस्य प्रकाश तिवारी, युवा समाजसेवी मणि भुसाल, विमल ग्रैहे, सुमन मल्ल, ई. रूदिप प्रधान सभापति ई. दिपेन्द्र क्षेत्री ले हृदयदेखि धन्यवाद व्यक्त गर्नुभएको छ ।