६ जेष्ठ २०८३, बुधबार
दैनिक थपिने नयाँ कोरोना संक्रमितको तथ्यांक हेर्ने हो भने नेपालमा पछिल्ला दिनहरुमा घट्दो छ।संक्रमणबाट निको हुनेहरु बढ्दो छन् भने मृत्यु हुनेको संख्या घटिरहेको छ । करिब आधा संक्रमित भेटिने गरेको काठमाडौँ उपत्यकामा पनि यो संख्या दैनिक घटिरहेको छ। महामारी विकराल बन्दै गएपछि उपत्यकका गत वैशाख १६ गतेदेखि निषेधाज्ञा सुरु भएको थियो।
जेठ १४ गतेदेखि थपिएको एक साताको लकडाउन पनि थप कडा पारिएको छ। किराना पसलहरु पनि खोल्न दिइएको छैन । तरकारी पसलहरु बिहान ९ बजे मात्र खुल्छन्। अनावश्यक हिँड्ने पैदल यात्री र सवारी साधनलाई जरिवाना गर्न थालिएको छ । ललितपुर जिल्ला प्रशासन प्रमुख ढुण्डिप्रसाद निरौला स्थिती सुधार हुँदै गएको बताउँछन् ।


‘स्थिति यसरी नै सुधार हुँदै गयो भने निषेधाज्ञा खुकुलो गर्ने भन्ने छ’, निरौलाले भने । काठमाडौँ उपत्यकाको हकमा तीनवटै जिल्लाका प्रशासन प्रमुखहरुले संयुक्तरुपमा निर्णय गर्ने गरेका छन् ।