थप ४,७६२ जनामा कोरोना संक्रमित थपिए

होमल्याण्ड खबर

२०७८ जेष्ठ १७ गते, सोमबार १७:५१ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ४ हजार ७६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षणबाट ४ हजार १७८ पोजेटिभ र २ हजार ४२५ जनाको एन्टिजेन परीक्षण गदर्दा ५८४ जनामा पोजेटिभ देखिएको छ ।

२४ घण्टामै ६ हजार ४९१ जना कोरोना मुक्त भएका छन् । भने ११४ जनाको कोरोना संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।