६ जेष्ठ २०८३, बुधबार
निषेधाज्ञा थपबारे निर्णय लिन काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन प्रमुखहरुको बैठक सोमबार बस्दै छ। अपरान्ह ४ बजे बस्ने बैठकले निषेधाज्ञा केही खुकुलो बनाउन सक्ने देखिएको छ। कोरोना संक्रमणदर घटिरहेकाले निषेधाज्ञा केही खुकुलो हुने सक्ने ललितपुर जिल्ला प्रशासन प्रमुख ढुण्डिप्रसाद निरौलाले बताए।
‘ खाद्यान्नलगायतका पसल खोल्न दिनुपर्छ भन्ने छ। अब के हुन्छ भन्नेबारे बेलुका मात्र थाहा हुन्छ’, निरौलाले भने। काठमाडौँ उपत्यकामा वैशाख १६ गते यता निरन्तर निषेधाज्ञा छ। पछिल्लोपटक जेठ १३ गते एक साता निषेधाज्ञा थप गरिएको थियो। यसपटक किराना पसलसमेत खोल्न दिइएको छैन।

