टेकुको फाेहाेर व्यवस्थापन क्षेत्रमा आगलागी

होमल्याण्ड खबर

२०७८ जेष्ठ २० गते, बिहीबार १५:२८ मा प्रकाशित

टेकुको फोहोर व्यवस्थापन क्षेत्र (डम्पिङ साइड) मा लागेको आगो नियन्त्रणमा आएको छ। मध्यदिनमा लागेको आगालाई अग्नि नियन्त्रकले नियन्त्रणमा लिएका छन् । सुरुमा ३ ओटा र पछि केही दमकलहरुले आगो निभाएका थिए। मध्य दिनमा लागेको आगोले ठूलो रुप लिएपछि दमकल बोलाएर निभाइएको हो। अग्नि नियन्त्रकले आगो लागेको केही समयमा नै आगो निभाएका छन्।