थप ६,८२५ मा कोरोना पुष्टि, ७५ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ जेष्ठ २० गते, बिहीबार १७:१७ मा प्रकाशित

पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५६२ आरटी पीसीआर परीक्षण गर्दा ५ हजार ८२५ जना र ३ हजार २११ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार गरी कुल ६ हजार ८२५ जनामा कोरोना पुष्टि भएको छ ।

सोही अ वधिमा ५ हजार ९०४ जना संक्रमणमुक्त भएका छन् ।भने ७५ जनाको संक्रमणबाट ज्यान गएको छ ।