६ जेष्ठ २०८३, बुधबार
महोत्तरीमा लुटेराहरुले प्रहार गरेको गोली लागि एक महिला घाइते भएकी छन् । सोमबार राति लोहारपट्टी नगरपालिका वडा नम्बर ६ मा रामसरण साहको घरमा करिब ५–६ जनाको समूहमा हातहतियारसहित आएका लुटेराको समूहले लुटपाट गर्दै गोली प्रहार गरेको हो ।
गोली लागेर ४५ वर्षकी गायत्रीदेवी साह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । लुटेराहरूले घरमा लुटपाट गर्ने क्रममा रामसरणका श्रीमती गायत्रीले गुहार गर्दै हल्ला गर्दा उनी माथि गोली प्रहार गरेका हुन् ।

