१० मंसिर २०८१, सोमबार
कीर्तिमानी राफेल नाडाल वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको सेमिफाइनल पुगेका छन्। नाडालले बुधबार साँझ भएको खेलमा डिएगो स्वार्ट्जम्यानलाई चार सेट खेलेर हराए। पहिलो सेट ६-३ ले जितेर दोस्रो सेट ४(६ ले गुमाएको नाडालले त्यसपछिका दुई सेट ६-४ र ६-० ले जित्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।
नाडाल सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी बन्ने प्रयाशमा छन्। नाडाल र रोजर फेडेररले सर्वाधिक २०र२० पटक जितेका छन्। नाडालले फ्रेन्च ओपन मात्र १३ पटक जितेका छन्। उनले अघिल्लोपटक जितेर फेडेररको कीर्तिमानी बराबरी गरेका थिए।