२४ फाल्गुन २०८२, आईतवार
विश्वकप तथा एसियन कपको छनोटको अन्तिम खेलमा नेपालले हेभिवेट अस्ट्रेलियाविरुद्ध ३-० को हार बेहोरेको छ । कोरोना भाइरसका कारण सेन्ट्रल भेन्यू कुवेतमा भएको खेलको दोस्रो हाफमा नेपालले १० जनामा सीमित भएर खेलेको थियो ।
पहिलो हाफको खेलसकिन ७ मिनेट बाँकी रहँदा फ्रान काराचिचले पुन: गोल गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर पारे । विपक्षी खेलाडीलाई गोल गर्ने स्पष्ट मौकामा फाउल गरेसँगै अनुभवी डिफेन्डर रोहित चन्द पहिलो हाफको इन्जुरी समयमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए ।


अस्ट्रेलियाले गरेको लगातार प्रहारमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले धेरै गोल बचाएका थिए । नेपालका लागि पहिलो पटक टोलीमा समावेश भएका आयुष घलान, सुरज जेउ ठकुरी र कमल थापाले डेब्यु गरे ।