१० मंसिर २०८१, सोमबार
युरोकप फुटबलमा इटालीले वियी सुरुवात गरेको छ । शुक्रबार राति इटालीको रोममा भएको युरोकप फुटबलको १६औँ संस्करणको उद्घाटन खेलमा टर्कीलाई ३–० गोलले हराउँदै इटालीले सुखद सुरुवात गरेको हो ।
इटालीका लागि सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक–एक गोल गरेका थिए । एक गोल भने टर्कीबाट आत्मघाती उपहारस्वरुप पाएको थियो ।
त्यसपछि ६६औँ मिनेटमा इटालीका इमोबाइलले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । यस्तै ७९औँ मिनेटमा लोरेन्जोले गरेको गोलसँगै इटाली ३–० गोलले विजयी भयो ।
यो जितसँगै समूह ‘ए’ को इटाली पहिलो खेलमा ३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।