मेलम्चीका बाढी प्रभावितलाई राष्ट्रसंघीय खाद्य कार्यक्रमद्वारा सहायता प्रदान

होमल्याण्ड खबर

२०७८ असार २ गते, बुधबार १६:२० मा प्रकाशित

मेलम्चीको बाढी प्रभावित बासिन्दालाई राष्ट्रसंघीय नियोग विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सहायता सामग्री प्रदान गरेको छ । टेन्ट, स्लिपिङ ब्याग र अन्य बन्दोबस्ती सामग्रीहरु भरिएको डब्लुएफपीको ट्रक मेलम्चीतर्फ प्रस्थान गरेका छन् ।

गएराति इन्द्रावती नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार डुबेको छ भने सात जनाले ज्यान गुमाएका छन् । अझै कैंयन हराएको आशंका गरिएको छ ।