१० मंसिर २०८१, सोमबार
युरोकप फुटबलमा वेल्सले सानदार जित निकालेको छ । युरोकप १६ औं संस्करण अन्तर्गत बुधबार राति भएको खेलमा टर्कीलाई २–० गोलले हराउँदै वेल्स विजयी भएको हो । वेल्सका लागि आरोन राम्से र कोनर रोबर्टसले एक–एक गोल गरेका थिए ।
त्यसपछि भएको दोस्रो हाफमा दुवै समूहले राम्रा अवसरहरु पाए पनि थप गोल गर्न नसकेपछि वेल्स २–० गोलले विजयी भयो ।
यो जितसँगै समूह ‘ए’ को वेल्सले २ खेलबाट ४ अंकका साथ समूह तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा वेल्सले स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरी गर्दै अंक बाँडेको थियो । योसँगै दुई खेल हारेको टर्की तालिकाको पुछारमा छ ।