पछिल्लो २४ घण्टामा थप २६०७ जनामा कोरोना पुष्टि, ३९ को मृत्यु

होमल्याण्ड खबर

२०७८ असार ३ गते, बिहीबार १७:४२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थप ३९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८ र ४७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २६०७ जनामा संक्रमण पुष्टि भएको हो । २१४१ जना संक्रमणमुक्त भएका छन् ।