१० मंसिर २०८१, सोमबार
युरोकप फुटबलमा नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा अष्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्यान्ड्स लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ (नकआउट) चरणमा प्रवेश गरेको हो ।
नेदरल्यान्ड्सका लागि मेम्फिस डिपे र डेन्जन डम्फ्रिइजले एक–एक गोल गरेका थिए ।
त्यसपछि खेलको ६७औँ मिनेटमा डेन्जलले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० गोलको जित दिलाए ।
यो जितसँगै समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्स २ खेलबाट ६ अंकका साथ समूहको शीर्ष स्थानमा रहेको छ । नेदरल्यान्ड्सले आफ्नो पहिलो खेलमा युक्रेनलाई ३–२ गोलले हराएको थियो ।
पराजित भएको अष्ट्रिया भने २ खेलबाट ३ अंकका साथ समूहको तेस्रो स्थानमा छ । अष्ट्रियाले आफ्नो पहिलो खेलमा म्यासेडोनियालाई ३–१ गोलले हराएको थियो ।