१० मंसिर २०८१, सोमबार
युरोकप फुटबलमा युक्रेनले पहिलो जित निकालेको छ । रोमानियाको नेसनल एरिनामा बिहीबार भएको खेलमा नर्थ म्यासेडोनियालाई २–१ गोलले हराउँदै युक्रेनले पहिलो जित निकालेको हो ।
युक्रेनका लागि एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक–एक गोल गरेका थिए । नर्थ म्यासेडोनियाका एजान एलिओस्कीले एक गोल फर्काएका थिए ।
तर, ५७औँ मिनेटमा नर्थ म्यासेडोनियाका एलिओस्कीले गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याए । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक भएको खेलमा दुवै पक्षबाट थप गोल नहुँदा युक्रेन २–१ गोलले विजयी भयो । यो जितसँगै समूह ‘सी’ मा रहेको युक्रेन २ खेलबाट ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोलले पराजित भएको थियो । नर्थ म्यासेडोनिया अंकविहीन हुँदै समूहको पुछारमा छ ।