थप २४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ असार ५ गते, शनिबार १८:११ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार १० पीसीआर परीक्षणबाट १ हजार ६ सय ८८ र ४ हजार ६ सय ८६ एन्टिजेन परीक्षणबाट ७ सय १३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अुनसार गत २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ६० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको छ।