९ मंसिर २०८१, आईतवार
महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ । भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध शनिबार राति आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबारदेखि नै ड्याम काटिरहेको नदीले राति बहाव बढेपछि ९० मिटर क्षेत्रको बाँध बगाएको जानकारी दिए । तटीय क्षेत्रन जिकै पर्ने दोधारा चाँदनी नगरपालिका-१० को कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका ८ वटा घरमा नदीको पानी पसेको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार घरभित्र पानी पसे पनि मानवीय तथा भौतिक क्षति भउको छैन । विस्थापित भएकाहरु आफन्त घरमा बसेका छन् ।
आइतबार बिहान प्रभावित क्षेत्रमा स्थलगत अनुगमनमा पुगेकी उपाध्यायले पानी पसे पनि उनीहरु घरभित्रै बसिरहेको बताइन् । अहिले पानीको बहाव घट्दै गएका कारण ठूलो क्षति भने नभएको र नेपाल रेडक्रस सोसाइटी पनि उद्दारको काममा जुटेको उनले बताइन् ।