उपत्यकामा एक साता निषेधाज्ञा थपियो, जोर-बिजोरअनुसार निजी सवारी चल्ने

होमल्याण्ड खबर

२०७८ असार ६ गते, आईतवार १७:४२ मा प्रकाशित

काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले मेरोन्युजलाई जानकारी गराए ।

भट्टराईका अनुसार निजी सवारीलाई जोर-बिजोरअनुसार चल्न दिइने छ । त्यस्तै, पसल बार अनुसार खाल्न दिने उनले बताए । अब खुकुलो बनाएर काठमाडौँ उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ ।

कोरोनो भाइरस (कोभिड–१९)को दोस्रो लहर फैलिन थालेपछि उपत्यका प्रशासनले १६ वैशाखदेखि निषेधाज्ञा लागु गरेको थियो । डेढ महीनासम्म क्रमशः निषेधाज्ञा थपिँदै आएको प्रशासनले पछिल्लो समय केही खुकुलो गर्र्दै आएको छ ।