सर्वोच्च अदालतले पत्रकारलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ ।
आईतवार सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले पत्रकारको पेसागत प्रकृति र परिस्थिति, जनसमुदायमा पुग्नुपर्ने र जनसम्पर्कमा हुनुपर्ने भएकाले विशेष परिस्थितिलाई मध्यनजर गरेर पहिलो खोप लगाई सकेकालाई दोस्रो खोपको ब्यबस्था गर्न र खोप नलगाएका पत्रकारलाई पहिलो डोज खोप दिन सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।


अन्तरिम आदेश दिनु नपर्ने कुनै कारण आधार भएमा १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सर्वोच्चले निर्देशन समेत दिएको छ ।





