५ जेष्ठ २०८३, मंगलवार
जल तथा मौसम विज्ञान विभागले भोलिदेखि निकै ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज विशेष मनसुन बुलेटिन जारी गर्दै भोलिदेखि मनसुनी न्यून चापीय रेखा नेपालको तराइ नजिक रहने भएकाले मनसुन सक्रिय हुँदा भारी वर्षा हुन सक्ने जनाएको हो ।
विभागले उक्त प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । विभागका अनुसार आज पनि मुलुकका धेरै ठाउँमा वर्षा हुने छ ।

