५ जेष्ठ २०८३, मंगलवार
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २५९ पीसीआर परीक्षण गर्दा १ हजार ७२८ र ४ हजार ४८९ एन्टिजेन परीक्षण गर्दा ९०८ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै गत २४ घण्टामा देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ।

