५ जेष्ठ २०८३, मंगलवार
गए रातिदेखि आएको भारी वर्षाका कारण बागमती र लालबकैया खोलामा पानीको बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ । बागमती,लालबकैया,चादी लगाएतका खोला तथा नदीमा पानीको सहत बढ्दै जाँदा जिल्लाका दक्षिणी भेगका गाउँहरु डुवानमा पर्ने खतरा बढ्दै गएकाले जिल्ला प्रशासनले सतर्क रहन आग्रह गरेको हो ।
गत वर्ष बागमती र लालबकैया खोलामा आउने बाढीका कारण गौर डुवानमा परेको थियो ।

