निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५८९ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

होमल्याण्ड खबर

२०७८ असार १६ गते, बुधबार १३:३७ मा प्रकाशित

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्लामा जारी निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५८९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ती सवारीसाधनलाई नियन्त्रणमा लिएको हो ।

जसमध्ये ५ सय ६४ वटा गाडी र १ हजार २५ वटा मोटरसाइकल रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरीले जनाएको छ ।
नयाँ भेरियन्टको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३ सय ८८ जनालाई निस्शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६० हजार ३ सय ९७ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ८२ जनालाई कोभिड(१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ८ हजार २ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ । सो क्रममा २ हजार ६२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिँदै आएको छ ।