१० मंसिर २०८१, सोमबार
एजेन्सी, बार्सिलोनाका समर्थकहरुले लामो समयदेखि जे डर मानेका थिए, त्यही दिन आएको छ । मेसी अब बार्सिलोनाका खेलाडी रहेनन्, आफ्नो पहिलो व्यवसाहिक सम्झौता गरेको ७ हजार ५ सय ४ दिनपछि यो पहिलोपटक हो, जतिबेला मेसीसँग क्लबको कुनै सम्झौता बाँकी छैन ।
जुलाई महिना सुरु भएसँगै मेसी क्लबविहिन बनेका हुन् । उनी चाहेको क्लबमा जानसक्छन् । बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेसीसँगको पुरानो सम्भौता सकिनु अगावै उनीसँग नयाँ सम्झौता गर्ने योजना बनाएका थिए, तर क्लबको आर्थिक समस्याका कारण ३० जुन अगावै सम्झौता गर्ने योजना सफल भएन ।
स्थानान्तरणको हल्ला
मेसीका लागि ठूलो खर्च गर्नुपर्ने भएकाले चाहेर पनि सबै क्लबले मेसीलाई भित्र्याउन सक्दैनन् । विगतमा पेरिस सेन्ट जर्माइन, म्यानचेस्टर सिटी र इन्टर मिलानले मेसीलाई भित्र्याउने विषयमा चासो दिएका थिए । तर, यसपटक अन्य क्लबहरुसँग उनको कुराकानी भएको छैन ।
किनकी, जोआन लापोर्टा अध्यक्ष बनेर आएपछि मेसीलाई क्लबमै राख्ने कुरालाई प्राथमिकता दिइएको छ । त्यसैकारण, मेसी आफ्नो बाल्यकालदेखिकै क्लबमा बस्ने अनुमान गरिएको छ ।