सप्तकोसमा पानीको बाहब उच्च ,२२ वटा ढोका खोलियो

होमल्याण्ड खबर

२०७८ असार १८ गते, शुक्रबार १३:०२ मा प्रकाशित

लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव। आज गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड १ लाख १९ हजार ७ सय क्युसेक छ ।

कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्ने गरेको छ । बहाव उच्च भएपछि ५६ मध्ये २२ वटा ढोका खोलिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

प्रदेश १ को पहाडी क्षेत्रमा वर्षा जारी रहेकाले सप्तकोसी नदीमा पानीको बहाव बढ्दोक्रममा रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । पानीको बहाव बढेसँगै सुनसरी र सप्तरीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।