५ जेष्ठ २०८३, मंगलवार
सरकारले चीनबाट अर्को साता थप १० लाख खोप ल्याउने भएको छ । चीनको साइनोफार्मले उत्पादन गरेको खोप ल्याउँन लागेको हो । नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जुलाई ८ तारिखमा खोप लिन निगमको जहाज बेइजिङ जाने जानकारी दिए । उनले भने ‘अहिलेलाई न्यूनतम १० लाख ल्याउने भन्ने कुरा भएको छ । परिमाण त्यो भन्दा पनि बढ्न सक्छ ।’