९ मंसिर २०८१, आईतवार
मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ।
ग्राहकहरु बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ल्याइएको यो सुविधामार्फत मेगा बैंक नेपाल लिमिटेडका क्रेडिट कार्ड सुविधा उपभोग गरिरहेका ग्राहकहरुले न्यूनतम् रु २० हजार देखि रु १ लाख ५० हजार रुपैयाँसम्म क्रेडिट कार्ड (इन्स्टा–बाई) सुविधा १८ महिनासम्मको लागि उपभोग गर्न पाइने हुदाँ यस व्यवस्थाले ग्राहकहरुलाई उपचारका लागि तत्कालै रकमको जोहो गर्न सहज हुने विश्वास बैंकले लिएको छ।
यस अन्तर्गत अस्पतालको बिल सोझै बैंक समक्ष पेश गरी क्रेडिट कार्डमार्फत अस्पताललाई भुक्तानी गर्न सकिनेछ भने ग्राहकहरुले आफूले भुक्तानी गरिसकेको बिलको शोध भर्नासमेत लिन सकिनेछ। बैंकको देशभरका शाखा कार्यालयहरु बाट उपलब्ध यस सुविधाबारे विस्तृत विवरणका लागि आफूलाई पायक पर्ने शाखा कार्यालयहरुमा सम्पर्क राख्न मेगा बैंकले अनुरोध गरेको छ।