९ मंसिर २०८१, आईतवार
रुसमा जारी विश्वकपबाट स्पेन बाहिरिएसँगै प्रशिक्षकको भूमिकामा रहेका फर्नान्डो हिइरोले पदबाट राजीनामा दिएका छन् । सन् २०१० को विश्व विजेता स्पेन घर फर्किएपछि हिइरोले राजीनामा दिएका हुन् ।
स्पेन रुस विश्वकपमा अन्तिम १६ बाटै बाहिरिएको थियो । उसलाई घरेलु टोली रुसले अन्तिम १६ को खेलमा टाइब्रेकरमा निराश पारेको थियो ।
हिइरो विश्वकप शुरु हुनुभन्दा एक दिनअघि मात्रै स्पेनको प्रशिक्षकमा नियुक्त भएका थिए । त्यसअघि उनी स्पेनिस टिमको स्पोर्टिङ्ग डाइरेक्टर थिए ।
तत्कालीन प्रशिक्षक जुलियन लोपेतेगी बर्खास्त भएपछि हिइरोलाई स्पेनिस फुटबल फेडेरेशनले अस्थायी प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो ।