५ जेष्ठ २०८३, मंगलवार
चितवनको ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत फेला परेकी सुजिता भण्डारीको मोबाइल भेटिएको छ । सुजिताको शव भेटिएको स्थानबाट करिब २० मिटर पर आज दिउँसो मोबाइल फेलापरेको हो । मोबाइलमा मेमोरी कार्ड भेटिएको तर सिमकार्ड भने नरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अहिले सुजिताको चप्पल खोजी गरिरहेको जनाएको छ । राप्ती नगरपालिका–३ की २२ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो । उनी असार ११ गते बिहान ६ बजे घरबाट साथीको घर जान्छु भन्दै हिँडेकी थिइन् ।


सुजिताको शव भेटिएको स्थानमा विषको बोतल, पैसा, मोबाइल, झोला, भेटिएको थियो । सुजिताले प्रयोग गरेका सामान भेटिएपछि अनुसन्धानमा सहज हुने प्रहरीले जनाएको छ ।