१० मंसिर २०८१, सोमबार
इंग्ल्यान्ड युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इंग्ल्यान्ड फाइनलमा पुगेको हो ।
इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले एक गोल गरेका थिए । अर्को एक गोल डेनमार्कबाट आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो । यस्तै डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरेका थिए ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको १०४औँ मिनेटमा केनले पेनाल्टीमार्फत गोल गरेसँगै इंग्ल्यान्ड २–१ गोलले विजयी भयो ।
यो जितसँगै इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
अब इंग्ल्यान्डले फाइनलमा आइतबार राति इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।